Main News

कोरोना संक्रमणबाट बाँकेमा थप आठ जना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७८ जेठ ३ गते १३:४०
कोरोना संक्रमणबाट बाँकेमा थप आठ जना संक्रमितको मृत्यु

३ जेठ २०७८ काठमाडौं । कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु भएको छ।

गएरातिदेखि आज बिहानसम्म थप आठ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

नेपालगन्जस्थित भेरी अस्पतालमा र मेडिकल कलेज कोहलपुरमामा गरी थप ८ जना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा ठाकुरबाबा नगरपालिका–९ बर्दियाका २५ वर्षीय पुरुष, भिमदत्त नगरपालिका–३ कन्चनपुरका ५५ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका– १० दाङकी ३८ वर्षीया महिला र मधुवन नगरपालिका–९ बर्दियाकी ७० वर्षीया महिला रहेका छन् ।

यस्तै पन्चपुरी नगरपालिका–६ सुर्खेतका ५९ वर्षीय पुरुष, बासगढी नगरपालिका–९ बर्दियाका ८० वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका– ६ बाँकेकी ४० वर्षीया महिला र कोहलपुर नगरपालिका–९ बाँकेका ४५ वर्षीया महिला रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।

कोरोनाका कारण बाँके जिल्लाका २ सय ३९ र बाँके जिल्लामा उपचार गर्न आएका अन्य जिल्लाका १ सय ९० जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *