Main News

कोरोना रोकथाम र नियन्त्रणमा कमजोरी भएको सरकारद्वारा स्वीकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २ गते १९:०६
कोरोना रोकथाम र नियन्त्रणमा कमजोरी भएको सरकारद्वारा स्वीकार (भिडियो रिपोर्टसहित)

२ जेठ २०७८ काठमाडौं । सरकारले आप्नै कमजोरीका कारण कोरोना संक्रमण फैलिएको स्वीकार गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कम आँकेका कारण कमजोर तयारी हुँदा कोरोना संक्रमण नियन्त्रणमा समस्या परेको स्वीकार गर्नुभएको हो ।

सीसीएमसीको बैठकपछि पत्रकारसित परराष्ट्रमन्त्री ज्ञवालीले यो अवस्था आउला भनेर अनुमान नै नगरेको स्वीकार गर्नुभयो । तर अब केही दिनमा संक्रमण घट्ने मन्त्री ज्ञवालीको दावी छ ।

चिकित्सक र आर्थिक मामिलाका जानकारसितको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संक्रमण यस्तो होला भनेर आफूले नसोचेको बताउँदै कमजोरी स्वीकार गर्नुभयो । अहिले भने समन्यव पनि प्रभावकारी पारिएको प्रधानमन्त्रीको दावी छ ।

पोहोर साल कोराना संक्रमण फैलिँदा प्रधानमन्त्री ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी भएको बताउने गर्नुभएको थियो । तर शनिवार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले बुझाई विपरित कोरोना फैलिएको बताउनुभयो ।

संक्रमण बढेपनि सरकारले स्वास्थ्य संकटकाल नलगाउने स्प्ष्ट पारेको छ । सीसीएमसीको बैठकपछि परराष्ट्रमन्त्री ज्ञवालीले स्वास्थ्य संकटकाल लगाएर मात्रै समस्या समाधान नहुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *