Main News

बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई सरकारको निर्देशन

हिमालय टिभी
२०७८ जेठ २ गते १८:१९
बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई सरकारको निर्देशन

२ जेठ २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालको हुने जानकारी दिनुभयो ।

अक्सिजन अभाव भएको भन्दै धेरै अस्पतालले बिरामीका आफन्तलाई खोजेर ल्याउन भन्दै आएको छन् ।

त्यसैले बिरामीका आफन्त अक्सिजनका सिलिन्डर बोकेर उद्योग धाउन बाध्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *