Main News

नेकपा एमाले विवाद समाधान गर्न दश सदस्यीय कार्यदल गठन

हिमालय टिभी
२०७८ जेठ २ गते १५:३४
नेकपा एमाले विवाद समाधान गर्न दश सदस्यीय कार्यदल गठन

२ जेठ २०७८ काठमाडौं । सत्तारुढ नेकपा एमालेको विवाद हल गर्न १० सदस्यीय कार्यदल गठन भएको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तामा कार्यदल बनाउने सहमति जुटेको हो ।

कार्यदलमा दुवै तर्फका गरी १० जना छन । कार्यदलमा ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङ र आफ्ना तर्फबाट भीम रावलले नेतृत्व गरेको वरिष्ठ नेता नेपालले जानकारी दिनुभयो ।

कार्यदलले २०७५ साल जेठ २ गते फर्कने गरी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको ६ बुँदे पत्रका आधारमा छलफल गरेर सहमति जुटाउनेछ । कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने आफ्नो मत रहेको पनि नेपालले जानकारी दिनुभयो ।

वार्तापछि अध्यक्ष केपी शर्मा ओलीले पनि विवाद मिल्ने दावी गर्नुभयो ।

गत शक्रवार ओली र नेपाल सहितको नेताहरुबीचको बैठकले नेपाल खनाल समूहको माग बमोजिम पार्टीको संरचनालाई ०७५ साल जेठ २ मा फर्काउने र त्यसको प्राविधिक पक्ष मिलाउन कार्यदल गठन गर्ने सहमति भएको थियो । त्यसै अनुसार आज कार्यदल गठन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *