Main News
अरब सागरमा विकसित सामुद्रिक आँधीको असर नेपालमा पनि देखिने सम्भावना
२०७८ जेठ २ गते १४:४७

२ जेठ २०७८ काठमाडौं । अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको असर भोलि बेलुकीदेखि नेपालमा पनि देखिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
भोलि बेलुकी सम्म यो सामुद्रिक आँधीको प्रभाव नपरे पनि त्यसपछि मध्य र पश्चिम तराईका जिल्लामा असर देखिन सक्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
ताउते नाम दिइएको यो आँधीका कारण पश्चिमी वायु र न्यून चापीय प्रणालीमा प्रभाव परेर भोलि बेलुकापछि देशका धेरै ठाउँको मौसम बदली हुने अनुमान छ ।
आज र भोलिको मौसम सामान्यतया सफा नै रहे पनि त्यसपछिका एकरदुई दिन धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् अर्यालले जानकारी दिनुभयो ।
ताउते आँधीको प्रभाव र अवस्था हेरेर सूचना सार्वजनिक गर्ने मौसम पूर्वानुमान महाशाखको तयारी छ ।
प्रतिक्रिया