Main News

कार्यदल गठनका लागि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

हिमालय टिभी
२०७८ जेठ २ गते १४:४२
कार्यदल गठनका लागि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

२ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता चलिरहेको छ । प्रधानमन्त्री कार्यालयमा चलिरहेको वार्तामा ओली र नेपालमात्रै हुनुहुन्छ ।

शुक्रबार दुई समूहका नेताहरु सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको छ । त्यो बैठकमा नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २०७५ साल जेठ २ गतेको एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने सहमति भएको थियो ।

सहमति कार्यान्वयनको प्राविधिक पक्ष मिलाउन कार्यदल गठन गर्ने सहमति भएको थियो । कार्यदलका सदस्य ओली र नेपालले टुंगो लगाउँदै हुनुहुन्छ । तर पछिल्लो पटक नेपाल–खनाल समूहका नेताहरु संशकित भएका छन ।

संयुक्त सरकार बनाउन रोकेर आफू प्रधानमन्त्री भएपछि ओलीले समस्या समाधानका लागि तदारुकता नदेखाएको नेपाल–खनाल पक्षको आशंका छ । नेपालखनाल पक्षले शुक्रबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाको उपस्थितिप्रति आपत्ति जनाएको छ ।

एमालेको विवाद मिलाउनु पर्ने अवस्थामा गृहमन्त्री थापाको उपस्थितिलाई नेपाल खनाल पक्षले ओलीले जेठ २ गते फर्कन नमानेको अर्थमा बुझेको बताइएको छ । ओली पक्षीय नेताहरुले पनि जेठ २ मा फर्किन नसक्ने बताईरहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *