Main News

पर्सामा २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७८ जेठ २ गते १३:३४
पर्सामा २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु

२ जेठ २०७८ पर्सा । पर्सामा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।

हिजो बिहानदेखि आज बिहानसम्मको रिपोर्ट अनुसार वीरगञ्जका विभिन्न अस्पतालमा १३ जना संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पतालले जनाएका छन् ।

मृत्यु हुनेमध्ये नारायणी अस्पतालमा मात्रै ८ जना रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।

यसबाहेक वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल र नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

मृतकमध्ये पर्साका ४, बाराका ७, रौतहटका १ र एक जना भारतीय नागरिक पनि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *