Main News

कोरोना रोकथाम तथा नियन्त्रणका उपायबारे कांग्रेसले अन्तरक्रिया गर्दै

हिमालय टिभी
२०७८ जेठ २ गते ९:१६
कोरोना रोकथाम तथा नियन्त्रणका उपायबारे कांग्रेसले अन्तरक्रिया गर्दै

२ जेठ २०७८ काठमाडौं । कोरोना भाइरसको महामारी बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका उपायबारे नेपाली कांग्रेसले आज पार्र्टीका तल्ला तहमा अन्तरक्रिया शुरू गर्दैछ ।

सातै प्रदेशमा जुम प्रविधिमार्फत ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया हुन लागेको हो । पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशमा अन्तरक्रिया हुन लागेको नेपाली कांग्रेसले जनाएको छ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्तरक्रियामा सहभागी भएर कार्यक्रमको शुभारम्भ हुनेछ । कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीका अनुसार अन्तरक्रियामा प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, स्थानीय तहका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहनेछ ।

सबै प्रदेशको संयोजन कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गर्नुहुनेछ । उहाँ कोभिड—१९ अनुगमन समितिको संयोजक पनि हुनुहुन्छ ।

अन्तरक्रिया आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हुनेछ भने सोमबार गण्डकी प्रदेश र वाग्मती प्रदेशमा गरिनेछ । यस्तै मंगलबार प्रदेश २ र प्रदेश १ मा आयोजना गरिने केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *