Main News

बादल बैठकमा सहभागी भएपछि एमालेको नेपाल–खनाल समूह झस्कियो

हिमालय टिभी
२०७८ जेठ १ गते १९:२०
बादल बैठकमा सहभागी भएपछि एमालेको नेपाल–खनाल समूह झस्कियो

१ जेठ २०७८ काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बैठकमा राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्कन अस्वीकार गरेको भन्दै एमालेको नेपाल खनाल पक्षका नेताहरु संशकित भएका छन ।

उनीहरुले यसबारेमा वरिष्ठ नेता माधवकुमार नेपालमाथि प्रश्न उठाउँदै असन्तुष्टि व्यक्त गरेका छन् ।

जुम मिटिङमा नेपाल खनाल पक्षका केन्द्रीय सदस्यहरुले गृहमन्त्री थापालाई बैठकमा राखेर ओलीले अदालतको फैसलापछिका निर्णय नसच्याउने सन्देश दिएको भन्दै सहमति पालना गर्नेमा आशंका व्यक्त गरेका छन ।

नेताहरुले बादलको उपस्थितिमा भन्दा पनि ओलीले के सन्देश दिन खोज्नुभएको भनेर बैठकमा प्रश्न उठेको एक नेताले जानकारी दिए । जवाफमा वरिष्ठ नेता नेपालले हिजो नै ओलीको अगाडि यसबारे कुरा उठाएको र छलफल भएको बताउनुभएको थियो ।

नेपाल–खनाल समूहको बैठकले तीन देखि पाँच दिन भित्र समस्या समाधान गरी पार्टीलाई ०७५ साल जेठ २ गते फर्काउनुपर्नेमा जोड दिएका छन । उनीहरुले ओली फेरिन बेर नलाग्ने भन्दै बादलको उपस्थितिलाई त्यही अर्थमा व्याख्या गरेका छन ।

ओलीसँग सहमति गर्दा प्रदेश सरकार, स्थानीय सरकार, संघ सरकारसमेत कसरी चलाउने, नियुक्ति कसरी गर्ने भन्ने प्रष्ट हुनुपर्नेमा केन्द्रीय सदस्यहरुले जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *