Main News

विवाह भोजमा सहभागी एकै परिवारका चार जनाको कोरोना संक्रमणका कारण मृत्यु

हिमालय टिभी
२०७८ जेठ १ गते १९:१२
विवाह भोजमा सहभागी एकै परिवारका चार जनाको कोरोना संक्रमणका कारण मृत्यु

१ जेठ २०७८ बागलुङ । बागलुङको बडिगार्ड गाउँपालिका–४ जलजलाका एकैघरका चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

केही हप्ता अगाडी स्थानीय एक विवाह भोज कार्याक्रममा सहभागी भई कोरोना संक्रमित बनेका एकै परिवारका चार जनाको मृत्यु भएको हो । चार जनाको एक हप्ताभित्रै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । मृत्यु हुने चारै जना विवाह भोजमा सामेल रहेको स्थानीयले बताएका छन् ।

स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देव प्रकाश घिमिरेका अनुसार मृत्यु हुनेमा एकै परिवारका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा र ५४ वर्षीय छोरी रहेका छन् । ८७ वर्षीय बाबु र ४० वर्षीय छोरा र ५१ वर्षीय छोरीको धौलागिरि अस्पताल, ५१ वर्षीय छोरोको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको घिमिरेले जानाकारी दिनुभयो ।

वैशाख २१ गते कोरोना पुष्टि भएकी महिला २३ गते अस्पताल भर्ना भएकी ५१ वर्षीया महिलाको ५ बजेर १५ मिनेटको समयमा धौलागिरि अस्पतलमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *