Main News

कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु, ८ हजार १६७ संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ १ गते १७:४४
कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु, ८ हजार १६७ संक्रमित थपिए

१ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ। योससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक थप ८ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएको जनाएको छ । १७ हजार ९ सय ७१ पीसीआर तथा ५ सय ७७ एन्टिजेन परीक्षणमा ८ हजारभन्दा धेरै संक्रमित भएका हुन । योसँगै कुल संक्रमितको संख्या चार लाख ७७ हजार चार जना संक्रमित पुगका छन् ।

पछिल्लो पटक काठमाडौंमा २१ सय ४६ जनामा संक्रमण देखिएको छ । त्यस्तै बाँकेकमा ५ सय ५ जना, रुपन्देहीमा चार सय ९५, ललितपुरमा ४ सय ४४, कैलालीमा ४ सय ४३ जना, मोरङमा ३ सय ५४ भक्तपुरमा ३ सय ४७, कास्कीमा २ सय ९३, बर्दियामा २ सय ७८ र दाङमा २ सय ७५ जनामा संक्रमण देखिएको छ । हाल देशभरका अस्पतालमा १३ सय ३१ जनाको आइसीयू र ३ सय ७० जनाको भेन्टिलेटरमा उपचार भइहरेको छ ।

पछिल्लो पटक ५ हजार ४ सय ५५ संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ।

वैशाखमा १ लाख ५८ हजार ६७४ संक्रमित
वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लख ८० हजार लाख सात हजार ९ सय ९४ थियो ।

सो सङ्ख्या बढेर वैशाखको अन्तिम दिन पुग्दा चार लाख ३९ हजार ६५८ पुगेको थियो । एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ६ सय ७४ कोरोना सङ्क्रमित थपिएका छन् ।

५३ हजार मात्रै निको भए
वैशाख महिनामा कोरोनाबाट निको हुनेको सङ्ख्या ५३ हजार हजार ३ सय ३५ रहेको छ । वैशाख १ गते सक्रिय सङ्क्रमित चार हजार ५६ जना रहेकामा हाल उक्त सङ्ख्या बढेर ३१ गते सम्म एक लाख सात हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा ४२ हजार बढी संक्रमण
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । वैशाख १ गते उपत्यकामा सङ्क्रमितको सङ्ख्या २५४ रहेको थियो । सो सङ्ख्या हाल बढेर ४२ हजार ४ सय चार पुगेको थियो । वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६११ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर चार हजार ६६९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *