सरकारद्वारा आफ्नै निर्देशिका कुल्चेर ११ देशमा राजदूत सिफारिस

१ जेठ २०७८ काठमाडौं । सरकारले २ वर्षअघि आफैंले जारी गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई कुल्चेर अपारदर्शी ढंगले ११ देशमा राजदूत सिफारिस गरेको छ ।
सरकारले एक हप्ताअघि नै विभिन्न देशमा राजदूत सिफारिस गरे पनि त्यो निर्णयलाई अहिलेसम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन । सिफारिसमा पर्नेहरुले सामाजिक सञ्जालमा बधाई पाएसँगै सरकारले पछिल्लो पटक ११ जना राजदूत सिफारिस गरेको पुष्टि हुन्छ ।
एक साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको र प्रस्तावित नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि संसद् सचिवालयमा समेत पठाइएको छ । तर यसरी पठाइएका सिफारिस निर्देशिका विपरित छ ।
सरकारले जारी गरेको निर्देशिकामा कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक क्षेत्रबाट नियुक्ति गर्ने प्रावधान छ । तर पछिल्लो पटक सिफारिसमा पर्ने ११ जनामा २ जना मात्र परराष्ट्र सेवाका छन् । बाँकी सबै ९ जना राजनीतिक क्षेत्रका छन् ।
परराष्ट्र मन्त्रालयबाट निर्मलराज काफ्ले अष्ट्रियामा र जीवनप्रकाश श्रेष्ठ इजिप्टका लागि राजदूत सिफारिसमा पर्नु भएको छ । कृष्णचन्द्र शर्मा दक्षिण कोरिया, सुम्निमा तुलाधर अष्ट्रेलिया, युवराज कार्की बहराइन, रमेशचन्द्र पौडेल श्रीलंका, नारायणप्रसाद संग्रौला म्यानमार, कुलप्रसाद नेपाल ब्राजिल, सुमित्रा सुवेदी डेनमार्क, मेराज मुसलमान साउदी अरेबिया र जंगबहादुर चौहान रूसका लागि सिफारिसमा पर्नु भएको छ ।
उहाँहरु सबै राजनीतिक क्षेत्र अझ त्यसमा पनि नेकपा एमाले निकट हुनुहुन्छ । राजदूतमा कुटनीति र परराष्ट्र मामिलमा दख्खल नभएका राजनीतिक व्यक्ति धेरै हुँदा आगामी दिनमा कूटनीतिक र परराष्ट्र मामिलमा सरकार थप असफल हुने जोखिम रहन्छ ।
सत्ता टिकाउने खेलको लगानी उठाउनु पर्यो होला नि त