Main News
जसपाको कार्यकारिणी समितिको बैठकप्रति अध्यक्ष ठाकुरले जनाए आपत्ति
२०७८ जेठ १ गते १६:३९
१ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आज कार्यकारिणी समितिको बैठक नडाकिएको भन्दै अर्को समूहले बैठक बोलाएकोमा आपत्ति जनाउनुभएको छ ।
अर्का अध्यक्ष उपेन्द्र यादवले डाकेको बैठकप्रति अनविज्ञता प्रकट गर्दै ठाकुरले पार्टीको कुनै बैठक नरहेको बताउनुभएको हो ।
ठाकुरले विज्ञप्ति निकालेर विभिन्न सञ्चारमाध्यम र सामाजिक संजालबाट जसपाको बैठक भनी प्रसारित भइरहेका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
पार्टी कार्यालयमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षधर सदस्यको बैठक बसिरहेका बेला ठाकुरले बैठकको आधिकारिकतामाथि प्रश्न उठाउनुभएको छ ।
ठाकुर पक्षले बहुमत सांसदको बैठकबाट राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेपछि यादव भट्टराई पक्षले बैठक बोलाएको हो ।
प्रतिक्रिया