Main News

प्रधानमन्त्री र राष्ट्रपतिमाथि संसद बोलाएर कारबाही गर्न माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १ गते १३:४१
प्रधानमन्त्री र राष्ट्रपतिमाथि संसद बोलाएर कारबाही गर्न माग (भिडियो रिपोर्टसहित)

१ जेठ २०७८ काठमाडौं । संविधानविद् डाक्टर भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसदको विशेष अधिवेशन बोलाएर कारवाही गर्न माग गर्नुभएको छ ।

शपथ ग्रहणका क्रममा हिजो राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरेको कारवाही हुनुपर्ने डाक्टर आचार्यको तर्क छ । संविधानविद् आचार्यले भन्नुभएको छ–संविधान र राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्य बिरूद्धको अपराध हो। ’

त्यसैले तत्काल संसद्को विशेष अधिवेशन आब्हान गरी कारवाही अघि बढाउन उहाँले माग गर्नुभएको छ ।राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान र लोकको कुनै आदर र कदर बाँकी नरहेको समेत आचार्यले टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिने क्रममा हिजो ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरेपछि राष्ट्रपति भण्डारीले फेरि ‘प्रतिज्ञा गर्छु’ भनेर दोहोर्याउँदा समेत प्रधानमन्त्री अ‍ोलीले ‘त्यो पर्दैन’ भन्नुभएको थियो । यही विषयमाथि संविधानविद् आचार्यले शपथको भिडियो राखेर प्रतिक्रिया दिनुभएको हो ।

प्रधानमन्त्री ओली निकटस्थ व्यक्तिहरु बचाउमा उत्रिँदा संविधान आचार्यको प्रतिक्रिया आएको छ । हिजो प्रधानमन्त्रीले शपथमा त्यो पर्दैन भनेर अशोभनीय व्यवहार देखाउँदा राष्ट्रपति हाँस्नुभएको थियो । जसको सर्वत्र आलोचना भैरहेको छ । र, फेरि शपथ लिनुपर्ने आवाज पनि उठिरहेको छ ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

2 thoughts on “प्रधानमन्त्री र राष्ट्रपतिमाथि संसद बोलाएर कारबाही गर्न माग (भिडियो रिपोर्टसहित)

  1. यो देश र देशवासी प्रति द्रोहा हो ।

Leave a Reply to Ramesh Kumar Raghubanshi Cancel reply

Your email address will not be published. Required fields are marked *