Main News
सिभिल अस्पताल कोरोना अस्पतालमा रुपान्तरण
२०७८ जेठ १ गते १३:११

१ जेठ २०७८ काठमाडौं । काठमाडौंमा रहेको सिभिल अस्पताल १ सय ५० बेडको कोभिड अस्पतालमा रुपान्तरण गरिएको छ ।
वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच भएको सम्झौता अनुसार अब सिभिल अस्पतालमा कोभिडका बिरामीको उपचार गरिनेछ ।
यसका लागि बागमती प्रदेश सरकारले अस्पताललाई दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान दिनेछ । आर्थिक, औषधि, उपकरण, भवन, जनशक्ति लगायतको व्यवस्थामा यो रकम अस्पतालले खर्च गर्ने छ ।
अस्पतालले बिरामीको दैनिक अवस्थालाई विश्लेषण गरेर स्वास्थ्य कार्यालय काठमाडौंमा दैनिक रुपमा नै प्रतिवेदन पेस गर्ने छ ।
प्रतिक्रिया