Main News

कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न सभापति देउवाको अपिल

हिमालय टिभी
२०७८ जेठ १ गते ७:५२
कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न सभापति देउवाको अपिल

१ जेठ २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोरोना भाइरसको संक्रमणले उग्र रूप लिइरहेको विषम परिस्थितिमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई आवश्यक सहयोगका लागि अपिल गर्नु भएको छ ।

साथै उहाँले सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आइसीयू शय्या र खोपलगायतका औषधिको व्यवस्था गर्न माग गर्नु भएको छ ।

सभापति देउवाले एक वक्तव्य निकालेर कोभिड–१९ को संक्रमण तीव्र भई देशभरका अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटर सहितका आइसीयू शय्या र औषधिको अभाव भएको उल्लेख गर्दै सरकार यस विषयमा गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाउनु भएको छ ।

उहाँले यस विषम परिस्थितिमा सबैमा स्वास्थ्य मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गर्दै देशभरिका कांग्रेस सदस्य तथा शुभेच्छुकहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै सङ्कटमा परेकालाई सक्दो सहयोग गर्न अपिलस गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *