Main News

विभिन्न ११ देशका लागि राजदूत नियुक्तिको सिफारिस, कसलाई कहाँ सिफारिस गरियो ?

हिमालय टिभी
२०७८ जेठ १ गते ७:३९
विभिन्न ११ देशका लागि राजदूत नियुक्तिको सिफारिस, कसलाई कहाँ सिफारिस गरियो ?

१ जेठ २०७८ काठमाडौं । परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया तथा अन्य देशमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ ।

हिजो मात्रै पुनर्नियुक्त भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको जानकारी दिँदै प्रस्तावित नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि संसद् सचिवालयमा पठाइएको जानकारी दिनुभयो । परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टका लागि राजदूत सिफारिसमा पर्नु भएको छ ।

तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसमा राजनीतिशास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल श्रीलंकाका लागि राजदूत सिफारिस हुनु भएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरिएको छ भने अस्ट्रेलियाको राजदूतमा सुम्निमा तुलाधर प्रस्तावित हुनुहुन्छ। उहाँ वामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी हुनुहुन्छ ।

यसैगरी काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत रुसी भाषाका ज्ञाता जंगबहादुर चौहान रुसका लागि प्रस्तावित हुनुहुन्छ । यस्तै, झापाली कम्युनिस्ट राजनीतिमा संलग्न पुराना नेता नारायणप्रसाद संग्रौला म्यान्मार र एमाले पार्टीसम्बद्ध पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारिसमा पर्नु भएको छ ।

ब्राजिलमा कुलप्रसाद नेपाल र डेनमार्कमा सुमित्रा सुवेदीको नाम प्रस्तावित छ । नेकपा एमालेसम्बद्ध मुस्लिम संगठनका अध्यक्षसमेत रहिसकेका मेराज मुसलमान साउदी अरेबियाको राजदूतमा प्रस्ताव गरिएको छ ।

गत सातामात्रै अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई उहाँको कार्यकालको डेढ वर्ष नबित्दै फिर्ता बोलाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *