राजनीति

प्रधानमन्त्री ओलीद्वारा शपथका क्रममा ‘प्रतिज्ञा’ भन्न अस्वीकार, के भन्छन् कानूनविद् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १ गते ६:३२
प्रधानमन्त्री ओलीद्वारा शपथका क्रममा ‘प्रतिज्ञा’ भन्न अस्वीकार, के भन्छन् कानूनविद् ? (भिडियो रिपोर्टसहित)

१ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथका क्रममा मुलुक र जनताप्रति वफादार रहने ‘प्रतिज्ञा’ गर्न अस्वीकार गर्नुभएको छ । राष्ट्रपतिले सपथ गराउँदै गर्दा प्रतिज्ञा भन्न अस्वीकार गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई निर्देशन दिएको समेत देखिएको छ । सपथमा लेखिएका कुरा भन्न अस्वीकार गर्नुलाई कानूनविद्ले संविधानको उल्लंघन भनेका छन् ।

म केपी शर्माप्रति ओली मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक ‍प्रतिज्ञा गर्छु, देश र जनताको नाममा शपथ लिन्छु कि ….

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिँदै गर्दाको दृश्य हो यो । सपथको व्यहोरा अनुसार सपथ गराउने व्यक्तिले भनेका वाक्य सपथ लिने व्यक्तिले दोहोर्याभउनु पर्छ । संविधानको धारा ८० मा प्रधानमन्त्रीले रष्ट्रपति समक्ष शपथ लिने व्यवस्था छ । तर राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु भनेर शपथ गराउँदै गर्दा ओलीले ‘प्रतिज्ञा गर्छु ’ भन्ने वाक्यांश भन्न अस्वीकार गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्न छुटाउनु भएको हो कि भनेर राष्ट्रपति प्रतिज्ञा गर्छु कि भन्ने शब्द दोहोर्यारउनु हुन्छ । र पनि प्रधानमन्त्री प्रतिज्ञा गर्छु भन्न मान्नु हुन्न । उहाँ त ‘यो पर्दैन’ भन्दै राष्ट्रपतिलाई टेक ओभर गरेर उल्टै निर्देशन दिनुहुन्छ । त्यसपछि राष्ट्रपति हाँसेर सपथमा अघि बढ्नुहुन्छ ।जुन दृश्य सरकारी टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण भैरहेको थियो ।

जस अनुसार प्रधानमन्त्री ओलीले शपथमा ‘म केपी शर्मा प्रति ओली मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक… देश र जनताको नाममा शपथ लिन्छु’ भन्नुभयो । आफूले प्रतिज्ञा गर्छु भन्न नमानेपनि प्रधानमन्त्रीले राज्यमन्त्रीहरुलाई सपथ गराउँदा तय भएको ढाँचा जस्ताको त्यस्तै पढे र शपथ गराउनुभयो । र राज्यमन्त्रीहरुलाई मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक काम गर्ने प्रतिज्ञा गर्न लगाउनुभयो ।

प्रधानमन्त्रीले प्रतिज्ञा गर्छु कि भन्नु भएन । प्रधानमन्त्रीले प्रतिज्ञा गर्न किन मान्नु भएन त्यसको उत्तर एक दुई दिनमा उहाँबाटै आउला । तर कानूनविद्ले भने संसद नागरिक र देशप्रति प्रतिज्ञा गर्नुपर्नेमा प्रधानमन्त्री त्यसबाट पछि हटेको टिप्पणी गरेका छन् । सपथको व्यहोरा परिवर्तन गर्दै राष्ट्रपतिलाई यो पर्छ यो पर्दैन भनेर सिकाएर प्रधानमन्त्रीले राष्ट्रपतिजस्तो एउटा गरिमामय संस्था र संविधानको अवमुल्यन गरेको कानूनविदको टिप्पणी छ ।

कानूनविदका अनुसार प्रधानमन्त्री ओलीले सपथप्रति विश्वास नभएकै कारण प्रतिज्ञा गर्छु भन्न नचाहनुभएको हो ।

यसअघि पहिलो उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएपछि सर्वोच्चमा मुद्दा नै परेको थियो । त्यतिबेला सर्वोच्चले उपराष्ट्रपति झालाई नेपाली भाषामा पुन सपथ लिन आदेश दिएको थियो । त्यसैले प्रधानमन्त्री ओलीको यो सपथमाथि पनि अदालतमा मुद्दा पर्न सक्छ । र दोहोर्यााएर सपथ लिनु पर्ने हुन् सक्छ ।

शपथका क्रममा शीतल निवासमा जे दृश्य देखियो, प्रधानमन्त्रीबाट जे व्यवहार देखियो त्यो अशोभनीय थियो । किनकी प्रधानमन्त्रीले आपत्ति जनाउनुपर्ने कुनै विषय त्यहाँ थिएन । र, यसबाट प्रधानमन्त्रीले सबैभन्दा माथि आफूलाई ठानेको हो कि भन्ने अर्थ लागेको छ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्