Main News

बाँकेमा उपचाररत थप आठ जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख ३१ गते १४:०३
बाँकेमा उपचाररत थप आठ जना कोरोना संक्रमितको मृत्यु

३१ वैशाख २०७८ बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गएरातिदेखि आज बिहानसम्म ८ जना संक्रमितको मृत्यु भएको हो । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, १र१ जना बर्दिया, सल्‍यान र कैलालीका छन् ।

भेरी अस्पतालमा उपचाररत खजुरा गाउँपालिका१ बाँकेकी ६४ वर्षीया महिलाको हिजो साँझ , बाँकेकै बैजनाथ गाउँपालिका–६ की ३५ वर्षीया महिलाको आज विहान सवा एक बजे र खजुरा गाउँपालिका(३ की ७५ वर्षीया महिलाको आज विहान २ बजे मृत्यु भएको छ ।

नेपालगञ्‍ज उपमहानगरपालिका–५ की ६१ वर्षीया महिलाको आज बिहान १ बजे तथा कोहलपुर बाँकेकै २८ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा हिजो राति राति मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत लम्कीचुहा–९ कैलालका ४० वर्षीय पुरूषको हिजो साँझ मृत्‍यु भएको छ भने भेरी अस्पतालमा उपचाररत कुमाख गाउँपालिका१ सल्‍यानका ६७ वर्षीया महिलाको पनि हिजो राति नै मृत्यु भएको हो ।

मधुबन नगरपालिका ६, बर्दियाका ५९ वर्षीय पुरूषको आज बिहान ४ बजे मृत्‍यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिनुभयो । योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २२२ पुगेको छ भने जिल्ला बाहिरका १६७ जना कोरोना संक्रमतिको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *