Main News

अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध जेठ १७ सम्म लम्बियो

हिमालय टिभी
२०७८ वैशाख २९ गते ८:३५
अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध जेठ १७ सम्म लम्बियो

२९ वैशाख २०७८ काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध १७ जेठसम्म लम्बिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्लेले एक सूचना जारी गर्दै यस्तो जानकारी दिनुभएको हो । यसबारे सबै वायुसेवा कम्पनीलाई जानकारी गराएको उहाँको भनाइ छ ।

यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने सूचनामा उल्लेख छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेकोमा यसलाई लम्ब्याएर जेठ १७ सम्म पुर्‍याइएको हो ।

यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको भने अनुमति पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *