Main News

बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन

हिमालय टिभी
२०७८ वैशाख २९ गते ६:५४
बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन

२९ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणबाट नेकपा एमाले नेता तथा बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको मृत्यु भएको छ। नेता चौलागाईमा केही दिनअघि कोरोना संक्रमण भएको थियो।

दोलखाका चौलागाईं केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहनु भएको थियो । उहाँ गत निर्वाचनमा दोलखा ख बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

२०२० साल फागुन ५ गते जन्मिएका चौलागाईं २०३६ देखि २०३८ सम्म अनेरास्ववियु दोलखाको संस्थापक उपाध्यक्ष हुनुभएको थियो । २०३७ देखि २०४७ सम्म नेकपा मालेको दोलखा जिल्ला कमिटी सदस्य रहेका चौलागाईं २०४२ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापति हुनुभएको थियो ।

२०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन जितेका उहाँ २०६३र६४ को अन्तरिम व्यवस्थापिका संसद हुनुभएको थियो । त्यस्तै २०७० मा संविधानसभा सदस्यमा निर्वाचित भएका चौलागाँइ २०७१ मा एमालेको पोलिटब्युरो सदस्य बन्नु भएको थियो ।

काठमाडौंको पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई समेत कोरोना पोजेटिभ देखिएका कारण उनीहरू होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *