राजनीति

तीन दिनमा सरकार बन्न नसके के हुन्छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २९ गते ६:२०
तीन दिनमा सरकार बन्न नसके के हुन्छ ? (भिडियो रिपोर्टसहित)

२९ वैशाख २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिने समयसीमाभित्र संयुक्त सरकार बन्न नसके संविधानका अन्य धारा सक्रिय हुनेछन् । त्यस्तो अवस्थामा के होला त ?

वैशाख ३० गते राति ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलले गठबन्धन सरकारका लागि दाबी प्रस्तुत गर्न सकेनन् भने वैशाख ३१ केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त हुनुहुनेछ । संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको ठूलो दलको हैसियतमा ओली अल्पमत सरकारको प्रधानमन्त्री बन्नुहुनेछ । र, संविधान अनुसार, ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । तर संसदमा देखिएको प्रष्ट अंक गणितले त्यतिबेला पनि विश्वासको मत प्राप्त हुने छैन ।

त्यसलगत्तै संविधानको ७६ को उपधारा ५ अनुसार सरकार बनाउने प्रक्रिया सुरु हुनेछ । यो उपधारा अनुसार बहुमत पुर्याउने दावी सहित जुन सुकै सांसद प्रधानमन्त्री हुन सक्छ । र, त्यसरी नियुक्त हुने प्रधानमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर त्यति बेला रोचक दृश्य देखिन सक्छ । त्यस्तो व्यक्ति को होला रु केपी शर्मा ओली, शेरबहादुर देउवा वा अरु कोही रु यहाँ नेर संसद विघटन र चुनावी चाहनाले चलखेल हुनेछ ।

अहिलेसम्मका राजनीतिक खेल हेर्दा प्रधानमन्त्री ओली आफै त्यसका लागि अघि सर्नु होला वा अरु कोही नेता त्यो रोचक हुनेछ । किनकी त्यसरी नियुक्त हुने प्रधानमन्त्रीले पनि अहिलेको अवस्था हेर्दा विश्वासको मत पाउने देखिन्नँ र संविधान अनुसार नै संसद विघटन भएर चुनावको घोषणा हुनेछ । अध्यादेशबाट बजेट ल्याएर लोकप्रिय नारा दिएर चुनावमा जाने र संसद विघटन ठीक थियो भन्ने जसरी पनि स्थापित गर्ने प्रयासमा रहेका ओलीले त्यो मौका अरुलाई सहजै दिनुहुने छैन ।

तर अहिलेसम्मका राजनीतिक चालबाजी र चलखेल हेर्दा दलहरुले एक अर्काको नेतृत्व स्वीकार गरेर चुनावमा जाने देखिन्नँ । सबै जसो ठूला नेता अहिले पनि चुनावमा जान चाहिरहेका छन । तर ओलीको नेतृत्वमा जान सकिन्नँ भन्ने मात्रै उनीहरुको अडान छ । यसमा पनि पुष्पकमल दाहाल प्रचण्ड, र माधवकुमार नेपाल मात्रै ओलीको विरुद्धमा हुनुुहुन्छ ।

त्यसैले ओली हुँदा त्यतिबेला पनि फेरि विवाद भएर संकटको अवस्था खडा हुन सक्छ । र, संविधान विपरित दलभन्दा बाहिरको व्यक्तिको नेतृत्वमा सरकार बनाउने चलखेल हुने संभावना पनि त्यतिकै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्