Main News

भारतीय नेताले भने–भारतको रोजाईमा ओली नै हो

हिमालय टिभी
२०७८ वैशाख २८ गते १९:२३
भारतीय नेताले भने–भारतको रोजाईमा ओली नै हो

२८ वैशाख २०७८ काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमन्यम स्वामीले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताएका छन् ।

नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताको प्रतिक्रिया आएको हो । पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबी समेत गरेका छन् ।

आज ट्वीट गर्दै उनले भनेका छन् ुनेपालबारे ओली भारतको रोजाइमा छन् । प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ ।’ जनता समाजवादी पार्टीलाई विभाजन गरेर प्रधानमन्त्री ओलीका पक्षमा उभ्याउन भारतले भूमिका खेलिरहेको आरोप लागिरहेको छ ।

भारतीय जनता पार्टीका प्रवक्ताको धारणाले यसमा थप बल पुगेको आलोचकको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *