चीनले उपलव्ध गराएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

Himalaya Television
२०७८ वैशाख २८ गते १९:१५

चीनले उपलव्ध गराएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

२८ वैशाख २०७८ काठमाडौं । कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुगेको छ ।

अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री चीनले बेइजिङमा हिजो नेपाललाई हस्तान्तरण गरेको हो । स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनको राजधानी बेइजिङ पुगेर सामग्री ल्याएको हो ।

जहाजले पहिलो खेपमा चार सयवटा सिलिन्डर ल्याएको छ । चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा यसअघि नै गरिसकेको थियो ।

परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता सेवा लम्सालले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री स्थलमार्गबाट अबको चार दिनभित्र तातोपानी नाका आइपुग्ने जानकारी दिनुभयो ।

स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs