काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारको निर्णय (भिडियो रिपोर्टसहित)
२८ वैशाख २०७८ काठमाडौं । सरकारले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयले आज भर्चुअल पत्रकार सम्मेलन गर्दै काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको जनाएको हो । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोना संक्रमण बढिरहेको भन्दै उपत्यकाका सरकारी सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भएको बताउनु भयो ।
उहाँले वीर, ट्रमा, पाटन, टिचिङ, प्रसुती लगायतका सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले निजी अस्पतालका ७५ प्रतिशत बेड कोरोनाका बिरामीका लागि उपलब्ध गराउनुपर्ने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ ।
अहिले दैनिक १५ हजार सिलिण्डर अक्सिजन माग भइरहेको बताउँदैँ सचिव अर्यालले अस्पतालसँग १० हजार सिलिण्डर मात्रै रहेको जानकारी दिनुभयो । संक्रमितको संख्या बढेकाले अक्सिजनको अभाव भएको सचिव अर्यालले बताउनु भयो ।
प्रतिक्रिया