Main News

नेपालमा कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु, ९ हजार ४ सय ८३ जना संक्रमित थपिए (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २८ गते १८:०४
नेपालमा कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु, ९ हजार ४ सय ८३ जना संक्रमित थपिए (भिडियो रिपोर्टसहित)

२८ वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण अनियन्त्रित बनेको छ । संक्रमणबाट पछिल्लो पटक २ सय २५ जनाको मृत्यु भएको छ ।

नयाँ संक्रमितको संख्या पनि अहिलेसम्मकै उच्च देखिएको छ । स्वास्थ्य मन्त्रालयको विवरण अनुसार नेपाली सेनाले शव व्यवस्थापन गरेकासहित २ सय २५ जना मृतक थपिएका छन् । यति धेरैको ज्यान गएको नेपालमा संक्रमण शुरु भएयताकै उच्च हो ।

यसअघि हिजो १ सय ३९ जनाको मृत्यु भएको विवरण सरकारले सार्वजनिक गरेको थियो । यो सँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ८४ पुगेको छ । अहिलेसम्म मृत्यु भएकामा सबैभन्दा धेरै २ हजार ३ सय ८५ जना ६० वर्षभन्दा बढी उमेरका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो पटक २१ हजार ३ सय १६ नमूनाको परीक्षण गर्दा ९ हजार ४ सय ८३ संक्रमित थपिएका छन् । यो संख्या पनि अहिलेसम्मकै उच्च हो । परीक्षणका आधारमा संक्रमणदर भने अघिल्लो दिनको तुलनामा केही कम देखिएको छ ।

कुल संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ । यस्तै सक्रिय संक्रमित नै ९७ हजार भन्दा बढी भएका छन् । पछिल्लो पटक थपिएका मध्ये धेरै संक्रमित काठमाडौैं उपत्यकामै छन् । काठमाडौंमा मात्रै २७ सय ८८ नयाँ संक्रमित भेटिएका छन् ।

काठमाडौंपछि रुपन्देही हटस्पट बनेको छ । त्यहाँ ७ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ६ सय २, भक्तपुरमा ५ सय ३७, बाँकेमा ५ सय ६, कास्कीमा ३ सय ७०, मोरङमा ३ सय ५०, कैलालीमा २ सय ९५, दाङमा २ सय ६५ तथा सुर्खेत र झापामा २ सय ६४ संक्रमित थपिएका छन् ।

१८ जिल्लामा एक सय भन्दा बढि संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ४० हजार भन्दा बढी पुगेको छ ।

यस्तै संक्रमणमुक्त हुनेको संख्या पनि बढेको छ । पछिल्लो पटक ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १ हजार ८४ जना आइसियु र २ सय ९० जना भेन्टिलेटरमा रहेको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *