Main News

जनमोर्चाका सांसदले हस्ताक्षर नगर्दा गण्डकीमा विपक्षी गठबन्धनको बहुमत पुगेन

हिमालय टिभी
२०७८ वैशाख २८ गते १७:२५
जनमोर्चाका सांसदले हस्ताक्षर नगर्दा गण्डकीमा विपक्षी गठबन्धनको बहुमत पुगेन

२८ वैशाख २०७८ पोखरा । राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले हस्ताक्षर गर्न नमानेपछि गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार नबन्ने देखिएको छ ।

जनमोर्चा नेता थापाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन अस्वीकार गर्नुभएको छ । खिमविक्रम शाही र पियारी थापाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन हस्ताक्षर गरेपनि थापाले अस्वीकार गर्नुभएको छ । थापाले नमान्दा सरकार बनाउन आवश्यक ३१ मत पुग्दैन ।

आज दिनभर कांग्रेस, माओवादी र जसपाका सांसद थापालाई मनाउने प्रयास गरेपनि सफल भएनन् । यसले गर्दा गण्डकी प्रदेशमा फेरि ठूलो दलको नेताको हैसियतमा पृथ्वी सुब्बा गुरुंगको सरकार बन्ने देखिएको छ ।

वैशाख २६ गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई ३ दिनको समय दिनुभएको थियो र त्यो आज सकिँदैछ । नयाँ सरकार गठनका लागि गठबन्धनले ३१ जनाको हस्ताक्षर पुर्‍याउनुपर्छ ।

गण्डकीमा कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना छन् । राजमोका ३ सांसद छन् । ६० सदस्यीय सभामा एमालेका २७ सांसद छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *