Main News

उपप्रधानमन्त्री पोखरेलद्वारा कोभिड आइसोलेशन निरीक्षण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २८ गते १६:४९
उपप्रधानमन्त्री पोखरेलद्वारा कोभिड आइसोलेशन निरीक्षण (भिडियो रिपोर्टसहित)

२८ वैशाख २०७८ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको बसुन्धारामा संचालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गर्नुभएको छ ।

तत्काल ८८ शैयाको अक्सिजन थेरापी केन्द्र यसै सातादेखि संचालन हुनेछ । आवश्यकता अनुसार २ सय बेडसम्म बनाउने समेत तयारी गरिएको छ । आइशोलेशन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीको उपचारमा थप राहत हुने उपप्रधानमन्त्री पोखरेलले विश्वास व्यक्त गर्नुभयो ।

निर्धक्क रुपमा बिरामीको उपचारमा लाग्न नेपाली सेनालाई आग्रह गर्दै उहाँले सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध हुने विश्वास दिलाउनुभयो । आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

यो आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *