Main News

कोरोनाविरुद्धको खोप खरिदमा कुनै अनियमितता नभएको भन्दै तथ्यहीन कुरा नबोल्न मन्त्री त्रिपाठीको चेतावनी

हिमालय टिभी
२०७८ वैशाख २८ गते १६:३५
कोरोनाविरुद्धको खोप खरिदमा कुनै अनियमितता नभएको भन्दै तथ्यहीन कुरा नबोल्न मन्त्री त्रिपाठीको चेतावनी

२८ वैशाख २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिदमा कुनै अनियमितता नभएको भन्दै तथ्यहीन कुरा नबोल्न विपक्षी दलका नेताहरुलाई चेतावनी दिनुभएको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले कोरोनाविरुद्ध खोप खरिदमा कुनै भ्रष्टाचार नभएको तर अनर्गल र झूटा प्रचारप्रसार दावी गर्नुभयो । हिजो संसदमा विपक्षी दलका नेताहरुले भ्रष्टाचार भएको भनेर बोलेकोमा मन्त्री त्रिपाठी आपत्ति जनाउनुभयो । बुझेर बोल्न उहाँले चेतावनी समेत दिनुभयो ।

मन्त्री त्रिपाठीले खोप खरिदका लागि एक पैसा पनि कसैलाई कमिसन नदिएको बताउनुभयो । सरकारले २० लाख डोज प्रतिडोज ४ डलरमा खरिद गरेको बताउँदै त्यसभन्दा कममा कसैलै ल्याउन सक्छ भने सरकारले एक करोड डोज खरिद गर्ने मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।

स्वंय मन्त्री त्रिपाठीले पनि कमिसनको चक्करका कारण भारतबाट खोप आयात गर्न नसकिएको बताउनुभएको थियो । तर पछिल्ला केही दिनयता उहाँको बोली फेरिँदै गएको छ ।

पहिले बिचौलियाले भारतबाट खोप ल्याउन अवरोध गरेको बताएका मन्त्री त्रिपाठीले आज भारतीय कम्पनी सिरममा आगो लागेकोले ढिलाई भएको बताउनुभयो ।

कमिसनका कारण ५० लाख डोज खोप आयात प्रभावित भएको खबर सार्वजनिक भएपछि भ्रष्टाचार भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपालले वक्तव्य निकालेर तत्काल छानबिन गर्न माग गर्नु भएको थियो ।

मन्त्री त्रिपाठीले भारत, चीनसहित बेलायत र रुससँग पनि खोप खरिदबारे छलफल भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *