Main News

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप १२ जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख २८ गते १५:४७
कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप १२ जनाको मृत्यु

२८ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशमा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालयले थप संक्रमितको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ३२ देखि ८४ वर्ष उमेर समूहका छन् । मृत्यु हनेमा कस्कीका ६, म्याग्दी र रुपन्देहीका २–२ जना छन् । त्यस्तै स्याङ्जा र तनहुँका एकएक जना छन् ।

एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो भने, बाँकी ११ जनाको पोखराका विभिन्न अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

पछिल्लो समय गण्डकीमा मृतकको संख्या बढिरहेको छ । सोमबार मात्रै १३ संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *