Main News

नेकपा मसालका महामन्त्री सिंहलाई कोरोना संक्रमण

हिमालय टिभी
२०७८ वैशाख २८ गते १३:५९
नेकपा मसालका महामन्त्री सिंहलाई कोरोना संक्रमण

२८ वैशाख २०७८ काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहलाई कोरोना संक्रमण भएको छ ।

८६ वर्षीय सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा हुनुहुन्छ । परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रकाश पुरीले बताउनुभयो ।

पुरीका अनुसार सिंहको स्वास्थ्य सुधारोन्मुख छ । दुई दिन अगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *