Main News

उपत्यकामा १५ दिन लम्बियो निषेधाज्ञा, पसल बिहान १० बजेसम्म खुल्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २८ गते १३:५२
उपत्यकामा १५ दिन लम्बियो निषेधाज्ञा, पसल बिहान १० बजेसम्म खुल्ने (भिडियो रिपोर्टसहित)

२८ वैशाख २०७८ काठमाडौं । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञालाई आगामी जेठ १३ गते राती १२ बजेसम्मका लागि लम्ब्याइएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको आज बसेको बैठकले थप १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । बिहान अत्यावश्यक सामान खरिदका लागि ९ बजेसम्मको समय तोकिएकोमा १ घण्टा बढाएर १० बजे सम्म पुराइएको छ । तर यो समयमा किनमेल गर्ने र सम्बन्धित व्यवसायीले स्वास्थ्य सतर्कताका कामदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।

स्वास्थ्य मापदण्ड प्रयोग भए÷नभएको अनुगमन गरिनेछ । अब विवाह, ब्रतबन्ध, धार्मिक अनुष्ठानहरु पार्टी प्यालेसमा गर्न पाइने छैन । पार्टी प्यालेसमा गरिने सबै धार्मिक एवं साँस्कृतिक कार्यक्रमहरुमा रोक लगाइएको छ । घरमा नै अत्यन्तै न्यून सदस्य उपस्थित भएर स्वास्थ्य मापदण्ड पालना गरेर गर्ने काममा भने रोक लगाइने छैन ।

यसअघि पहिलो चरणमा बैशाख १६ देखि २२ गतेसम्म र दोश्रो चरणमा वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणको दर बढ्दै गएपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य मापदण्ड पालना भए नभएको, मास्क प्रयोग र अनावश्यक हिँडडुल गर्नेहरुमाथि कडा अनुगमन गरिने र मास्क नलगाउनेप्रति जरिवाना गर्ने, अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेलाई होल्डिङमा राखिने बताउनुभयो ।

खाद्यान्न, अत्यावश्यक वस्तु, औषधिलगायतले पासको आधारमा र पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवातजावतमा सहजीकरण गरिनेछ । मृत्यु संस्कार र बिरामी लिएर जिल्लाबाहिर जानुपर्ने अवस्था लगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

One thought on “उपत्यकामा १५ दिन लम्बियो निषेधाज्ञा, पसल बिहान १० बजेसम्म खुल्ने (भिडियो रिपोर्टसहित)

  1. होटलमा चाहिँ बिबाह ब्रतबन्ध कार्यक्रम गर्न छुट छ त , खाली पार्टी प्यालेसमा मात्रै गर्न नपाईने भन्ने सूचना मात्र आउँछ त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *