Main News

आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ वैशाख २८ गते ८:५३
आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना

२८ वैशाख २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागलेअहिले देशका केही भूभागमा मौसम सामान्य बदली रहेको तथा बाँकी भू–भागमा आंशिक बदली रहेको जनाएको छ ।

आज बिहान मौसमसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै विभागले आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहने तथा केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

यस्तै राति भने देशका अधिकांश भू–भागमा सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बुलेटिनमा उल्लेख छ ।

प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *