राजनीति

संसदमा प्रधानमन्त्री ओलीमाथि यसरी भयो हमलैहमला (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २८ गते ६:०८
संसदमा प्रधानमन्त्री ओलीमाथि यसरी भयो हमलैहमला (भिडियो रिपोर्टसहित)

२८ वैशाख २०७८ काठमाडौं । लामो समयपछि प्रधानमन्त्री केपी शर्मा ओली संसदमा उपस्थित हुनुभयो । आफूलाई विश्वासको मत दिन आग्रह गर्दै संसदमा उपस्थित भएका प्रधानमन्त्रीलाई दलहरुले आक्रमण गरे । उनीहरुले प्रधानमन्त्रीमथि विभिन्न प्रश्न उठाएका छन् ।

नैतिकताको प्रश्न
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा उभिएर विश्वासको मत माग्नुभयो । तर विपक्षी दलहरुले त्यसलाई स्वाभाविक मानेनन् । प्रधानमन्त्रीको यो अनैतिक भएको उनीहरुको तर्क छ । आफैले विघटन गरेको संस्थासँग भोट माग्ने अधिकार नभएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरे ।

प्रधानमन्त्रीले बारम्बार भन्दै आउनुभएको छ भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ । सोमवार पनि उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने र कसैले नछोड्ने चेतावनी दिनुभयो । तर दलहरुले त्यसमा समेत प्रश्न उठाए ।

प्रधानमन्त्री भ्रष्टाचार नियन्त्रण गर्नमा होईन, भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप लगाए । कोरोना विरुद्धको खोपमा समेत भ्रष्टाचार भएको भन्दै उनीहरुले प्रधानमन्त्रीलाई घेराबन्दी गरे ।

संघीयता र संविधान विरोधी
प्रधानमन्त्रीमाथि विपक्षी दलले उठाएको र आशंका गरेको विषयमा संघीयता र संविधान विरोधी । प्रधानमन्त्रीले आफूलाई संविधानमाथि ठानेको राष्टपतिको दुरुपयोग गरेको र संघीयताको विरोधमा लागेको उनीहरुले आरोप छ ।

कोरोना नियन्त्रणमा असफल
मुलुक कोरोना संक्रमणले आक्रान्त छ । दिनहुँ मृतक र संक्रमितको संख्या बढिरहेको छ । सरकारले नियन्त्रणका लागि उचित पहल गर्न नसकेको र असफल भएको दलहरुको आरोप छ । उनीहरुले आवश्यक स्वास्थ्य सामग्री छिटो जोहो गर्न पनि सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रधानमन्त्री लामो समयमपछि संसदमा उपस्थित त हुनुभयो, तर यो उपस्थिति उहाँका लागि टर्रो भयो । विपक्षी दलले उहाँको लोकतान्त्रिक निष्ठा, सुशाशन र सोचमाथि गम्भीर प्रश्न उठाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्