Main News

संसदको विशेष अधिवेशन अन्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

हिमालय टिभी
२०७८ वैशाख २७ गते १९:३१
संसदको विशेष अधिवेशन अन्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२७ वैशाख २०७८ काठमाडौं । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने गरी सिफारिस गरिएको हो । संसद्‌बाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *