संसदको आदेश स्वीकार गर्दै मार्ग प्रशस्त गर्छुः प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)
२७ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको आदेश स्वीकार गर्दै मार्ग प्रशस्त गर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले संसदको आदेश मान्ने बताउनुभयो । ठूलो दलको नेताको हैसियतले सबैलाई मिलाउने गरी संसद समक्ष आएपनि संसदको आदेश स्वीकार्ने उहाँले बताउनुभयो ।
तर प्रधानमन्त्रीले आफ्नो ईच्छा फेरि पनि संसद विघटन र चुनाव तिर रहेको पनि संकेत गर्नुभयो । संसदमा विश्वासको मत माग्ने क्रममा उहाँले त्यसको प्रष्ट संकेत गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको उद्देश्य राखेर विश्वासको मत माग्न आएको भनेपछि प्रधानमन्त्रीले संसद विघटनतिर जान सक्ने संकेत गर्नुभएको हो ।
प्रधानमन्त्रीले अहिले विश्वासका मत नपाएपछि ठूलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त हुने र फेरि विश्वासको मत नपाएपछि विघटनमा जाने योजना बनाएको आशंका छ ।
प्रधानमन्त्री ओलीले सरकारले काम गर्न खोज्दा सहयोग नपाएको गुनासो गर्नुभयो ।
प्रतिक्रिया