Main News

विश्वासको मत नपाए संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको संकेत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २७ गते १७:०९
विश्वासको मत नपाए संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको संकेत (भिडियो रिपोर्टसहित)

२७ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाए संसद विघटन भएर मुलुक मध्यावधि चुनावमा जाने संकेत गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डले फेरि मध्यावधिमा जान विश्वासको मत लिन संसदमा आएको त होइन भनी प्रश्न गरेपछि प्रधानमन्त्रीले यस्तो संकेत गर्नुभएको हो ।

आफूलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नभएको प्रधानमन्त्रीको तर्क छ । सरकारले राम्रो काम गरेकोले मत दिनुपर्ने प्रधानमन्त्रीको मत छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गर्नका लागि प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेको टिप्पणी गर्नुभयो ।

विपक्षी दलहरुले आफैले विघटन गरेको संसदमा मत माग्ने प्रधानमन्त्रीलाई कुनै अधिकार नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *