Main News

निषेधाज्ञाकै बिच उपत्यका छाडेर गाउँ फर्किनेको यस्तो लर्को (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २७ गते १४:२६
निषेधाज्ञाकै बिच उपत्यका छाडेर गाउँ फर्किनेको यस्तो लर्को (भिडियो रिपोर्टसहित)

२७ वैशाख २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएको आज ११ दिनभयो । आउँदो बिहीबारसम्म निषेधाज्ञा छ । तर बिहीबारपछि पनि निषेधाज्ञा खुल्छ खुल्दैन त्यसको कुनै टुँगो छैन । त्यसैले काठमाडौंमा रहेकाहरु निषेधाज्ञाकै बिच उपत्यका छाडेर गाउँ फर्किरहेका छन।

दिनभर सुनसान हुने काठमाडौंका नाका छेउका सडक पेटीमा साँझ पर्दै गएपछि मानिसको चहल पहल हुन्छ । झिटी गुन्टा बोकेका र बालबच्चा च्यापेका मानिसकाठमाडौंको कोटेश्वर कलंकी बल्खुलगायतका नाकामा भेटिन्छन् ।

निषेधाज्ञा लम्बिने लागेपछि उनीहरु घर फर्कन सडकमा निस्किएका हुन् । बिहान कमाएर बेलुकी छाक टार्ने मजदूरलाइ निषेधाज्ञा सकिएला र काम पाइएला भन्ने लाग्न छोडेको । अझै कति दिन निषेधाज्ञा लाग्ने हो । त्यसको कुनै ठेगान छैन । काठमाडौंमा काम र दाम नभएपछि उनीहरु घर फर्कन चाहन्छन् ।

घर फर्कनेहरुको बेलुकीपख काठमाडौंबाट बाहिरने मुख्य नाकामा घुँइचो लाग्छ । काठमाडौंबाट बाहिरिनेमा मेचीदेखि महाकालीसम्मका छन् ।

काठमाडौं उपत्यकाका तीन सहित ६० जिल्लामा निषेधाज्ञा छ । त्यसैले गाडी चलेका छैनन् । केही गाडीले प्रशासनको समन्वयमा पास बनाएका छन् । तर गाउँ फर्कने यात्रु धेरै भएपछि समस्या छ ।

घर फर्कनेले सहजै गाडी पाउँदैनन् । यसको फाइदा सोर्सफोर्स लगाएर गाडीको पास बनाएका व्यवसायीले लिइरहेका छन। उनीहरुले यात्रुसँग अन्य समयको भन्दा दोब्बर बढी भाडा असुली गरिहेका छन । जसले गर्दा समस्यामा परेर घर फर्कन लागेकाहरु महँगो भाडा तिर्न बाध्य छन् ।

सरकारले कोरानाको चेन ब्रेक गर्न निषेधाज्ञा लगाएको छ । आकस्मिक सेवा बाहेकका गाडी चल्न पाउँदैनन । तर निषेधाज्ञाका कारण नागरिकलाई परेको मर्का बुझ्न र त्यसलाई समाधान गर्नेतिर सरकारले ध्यान नै दिएको छैन । यो त्यसैको उदाहरण हो ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *