Main News

नेपाल–खनाल समूहले अलग्गै पार्टी गठन गरे वामदेव गौतम पनि सामेल हुने

हिमालय टिभी
२०७८ वैशाख २७ गते १३:४०
नेपाल–खनाल समूहले अलग्गै पार्टी गठन गरे वामदेव गौतम पनि सामेल हुने

२७ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल र झलनाथ खनालले एमाले विभाजन गरेर अर्को पार्टी बनाएमा आफू त्यसमा सामेल हुने बताउनुभएको छ ।

गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेपछि आफ्नो दुई बुँदे धारणा सार्वजनिक गर्नुभएको हो ।

गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीका अनुसार ओलीले २०७५ जेठ २ मा एमालेलाई फर्काउन नमानेपछि आफ्नो साथ नरहेको गौतमले प्रष्ट पार्नुभएको छ ।

ओलीले आफू अघि बढिसकेको बताउँदै साथ दिन आग्रह गरेपछि गौतमले भन्नुभएको छ, ‘त्यसो भए म तपाईको साथमा छैन ।’

नेता गौतमले एमालेमै रहेर समानान्तर गतिविधि गरे मान्य नहुने तर नेपाल र खनालले अलग पार्टी गठन गरेमा आफु उक्त पार्टीमा सामेल हुन तयार रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *