Main News

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादी केन्द्रको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २७ गते १३:२९
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादी केन्द्रको निर्णय (भिडियो रिपोर्टसहित)

२७ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्‍याउने निर्णय गरेको हो ।

नेता गुरुङले अविश्वास प्रस्ताव दर्ताको तयारी भएको समेत जानकारी दिनुभयो । तर सदनमा प्रधानमन्त्रीको प्रस्तुती र मत हेरेर थप कदम चाल्ने उहाँले बताउनुभयो ।

नयाँ सरकार बनाउन कांग्रेस प्रतिवद्ध रहेको भन्दै गुरुङले प्रधानमन्त्रीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गरिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *