Main News

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने नेपाल–खनाल समूहको निर्णय

हिमालय टिभी
२०७८ वैशाख २७ गते १३:०८
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने नेपाल–खनाल समूहको निर्णय

२७ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

नेपाल–खनाल समूहको आज बसेको बैठकले तत्काल राजीनामा नदिने तर संसद बैठक बहिस्कार गरेर ओलीलाई असहयोग गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनु देश, जनता र लोकतन्त्रका हितमा नहुने नेपाल–खनाल पक्षको ठहर छ । उसले प्रधानमन्त्रीको राजीनामा मागेको छ ।

सामूहिक राजीनामाबाट पछि हटेको नेपाल–खनाल समूहले अहिले विश्वासको मत नदिँदा पुग्ने निष्कर्ष निकालिएको र परिस्थिति अनुसार अर्को कदम पनि चाल्ने नेता भीम रावलले बताउनुभयो ।

केपी शर्मा ओली अवैध भएकाले निर्देशन मान्न जरुरी नभएको नेपाल खनाल समूहको ठहर छ । निर्देशन मान्नु पर्ने हो भने पार्टीलाई ०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने यो पक्षका अडान छ ।

संसद बैठक बहिस्कार गर्ने भनेपनि नेपाल–खनाल समूहका कति जना हुन्छन भन्ने प्रष्ट छैन ।

सामूहिक राजीनामा दिने विषयमा विवाद भएपछि पछि हटेको नेपाल खनाल समूहमा कम्तीमा ३० जना सांसद छन । तर कतिले संसद बैठक बहिस्कार गर्छन् भन्ने यकिन छैन । राजीनामा दिन नहुने पक्षमा रहेका केही सांसद छुट्टै छलफलमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *