Main News

अस्पतालहरुमा अक्सिजनको हाहाकार, कोरोना संक्रमितलाई बेड पाउन यस्तो मुश्किल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २७ गते ६:२१
अस्पतालहरुमा अक्सिजनको हाहाकार, कोरोना संक्रमितलाई बेड पाउन यस्तो मुश्किल (भिडियो रिपोर्टसहित)

२७ वैशाख २०७८ दाङ । कोरोना संक्रमितले उपचारका लागि अस्पतालमा बेड पाएका छैनन् । बेड पाएका गम्भीर संक्रमितले पनि अक्सिजन पाएका छैनन् । संक्रमितको उपचार तथा व्यवस्थापनमा राज्यले पनि ध्यान दिन सकेको छैन । यस्तोमा दाङका निजी अस्पतालले अक्सिजन अभावका कारण कोरोना संक्रमितको उपचार गराउन नसकेको गुनासो गरेका छन् ।

दाङको राप्ति लाइफ केयर अस्पतालले जस्तै अरु निजी स्वास्थ्य संस्थाले आएका बिरामी फर्काएका छैनन् । अर्थात आएका बिरामीको सकेको उपचार गरेका छन् । तर उनीहरुले घोषणा नै गरेर कोरोना संक्रमितको उपचार भने गर्न सकेका छैनन् ।

दाङका निजी अस्पतालले घोषणा नै गरेर कोरोनाको उपचार गर्ने तयारी पनि गरेका थिए । तर अक्सिजन नपाइने हो कि भन्ने डरले उनीहरुले कोरोना संक्रमितको उपचार शुरु गर्न सकेका छैनन् ।

दोस्रो लहरको कोरोना महामारीमा संक्रमितको उपचारका लागि अहिलेसम्म सरकारकातर्फबाट समन्वय नभएको उनीहरुको गुनासो छ । चिकित्सकले निजी अस्पताललाई सरकारले नै भाडामा लिएर संक्रमितको उपचार गर्नु पर्ने सुझाव दिएका छन् ।

अस्पतालमा अहिले ओपिडीका बिरामी भन्दा पनि आकस्मिक सेवा लिने बिरामी फाट्टफुट आउने गरेका छन् । कतिपय अस्पतालका त स्वास्थ्यकर्मी आफैं संक्रमित भएका छन् । जसले गर्दा उपचार गर्न समस्या भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *