Main News

जसपाले जारी गरेन ह्वीप, ओलीलाई मत भने नदिने

हिमालय टिभी
२०७८ वैशाख २६ गते १९:०९
जसपाले जारी गरेन ह्वीप, ओलीलाई मत भने नदिने

२६ वैशाख २०७८ काठमाडौं । संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीले एकता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध संसदमा पक्ष वा विपक्षमा भोट हाल्न सांसदहरुलाइ ह्वीप नलगाउने निर्णय गरेको छ ।

भोलि प्रतिनिधिसभा मतदान हुँद जसपाका सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउनेछन् । पार्टी पदाधिकारीको आज बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो ।

बिहान महन्थ–राजेन्द्रले प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेर तटस्थ बस्ने बताउनुभएको थियो । र, बैठकमा पनि तटस्थ बस्ने प्रस्ताव गर्नुभएको थियो । तर संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई, केन्द्रीय अध्यउक्ष उपेन्द्र यादवले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मत दिनुपर्ने धारणा अडान राख्नुभयो ।

त्यसैले मध्यमार्गी सहमति खोजर ह्वीप नलगाउने निर्णय भएको हो । सांसदहरुलाई स्वविवेक प्रयोग गर्ने दिने भन्दै भट्टराई यादव पक्षका नेता राजेन्द्र श्रेष्ठले तटस्थ बस्न चाहनेले तटस्थ बस्न पाउने भन्दै आफूहरुलेचाहिं विपक्षमा मतदान गर्ने जानकारी दिनुभयो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनर्स्थापित भएपछि संसदको अंकगणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित थियो ।

संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्ष तथा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीका पक्षमा हुनुहुन्थ्यो । तर पार्टीभित्र अल्पमतमा परेपछि ठाकुर र महतो तटस्थ बस्ने निर्णयमा पुग्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *