राष्ट्रिय ट्रमा सेन्टरलाई कोभिड अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय

२६ वैशाख २०७८ काठमाडौं । सरकारले राष्ट्रिय ट्रमा सेन्टरलाई कोभिड नाइन्टिन संक्रमितको मात्र उपचार गर्ने अस्पतालका रुपमा प्रयोगमा ल्याउने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरलाई कोभिड अस्पतालका रुपमा चलाउने निर्णय गरेसँगै हाल ट्रमामा उपचाररत बिरामीलाई वीर अस्पताल र जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा व्यवस्थापन गरिने छ।
मन्त्रालयमा सचिवस्तरीय निर्णय गर्दै ट्रमाका बिरामीलाई वीर र अर्थोपेडिक अस्पतालमा व्यवस्थापन गर्न निर्देशन दिइएको छ। ट्रमा सेन्टरमा अहिले ६४ जना बिरामी छन्।
ती बिरामीलाई अन्यत्र व्यवस्थापन गरेपछि ट्रमामा २ सय शय्याको कोभिड अस्पताल सञ्चालन हुने छ ।
मन्त्रालयले ट्रमासँगै वीर अस्पतालमा २ सय र वीर अस्पतालको नयाँ सर्जिलक भवनमा पहिलो चरणमा १ सय ५० बेड राखेर कोरोना संक्रमितको उपचार गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया