Main News

मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत, सरकार गठन गर्न दलहरुलाई आह्वान

हिमालय टिभी
२०७८ वैशाख २६ गते १७:५९
मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत, सरकार गठन गर्न दलहरुलाई आह्वान

२६ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आज राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरुङ नेतृत्वको मन्त्रिपरिषद्ले हालसम्म गरेका कामप्रति धन्यवाद दिँदै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि संविधानको १६९ को उपधारा (३) बमोजिम मौजूदा काम सञ्चालन गर्न र धारा १६८ को उपधारा (२) बमोजिम तीन दिनभित्र सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेकाले त्यसमाथि सोमबार गण्डकी प्रदेशसभामा मतदान हुने कार्यक्रम थियो ।

सोअगावै नेकपा(एमाले) संसदीय दलका नेताका रुपमा रहनुभएका मुख्यमन्त्री गुरुङले आज राजीनामा दिनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *