Main News

कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने

हिमालय टिभी
२०७८ वैशाख २६ गते १७:२३
कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने

२६ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने भएका छन् ।

आज बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा सहभागी हुने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार संक्रमित सांसदलाई बाहिर राख्ने र मतदानको बेला भित्र प्रवेश दिएर छुट्टै कोठामा मतदान गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । संसदको विशेष अधिवेशन भोलिका लागि बोलाइएको छ ।

संसद अधिवेशनअघि गरिएको परीक्षणमा २६ भन्दा बढी सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । अझै केही सांसदको पीसीआर परीक्षण गर्न बाँकी छ ।

परीक्षण गर्न बाँकी सांसदको स्वाब संकलन गरेर भोलिसम्म रिपोर्ट आउने व्यवस्था मिलाउने कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *