राजनीति

ओली र नेपाल–खनाल समूहको वार्ता निष्कर्षविहीन, ओलीको प्रस्ताव अस्वीकार

हिमालय टिभी
२०७८ वैशाख २६ गते १७:१६
ओली र नेपाल–खनाल समूहको वार्ता निष्कर्षविहीन, ओलीको प्रस्ताव अस्वीकार

२६ वैशाख २०७८ काठमाडौं । राजीनामा रोकेर छलफल गर्ने प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव नेपाल खनाल समूहले अस्वीकार गरेको छ ।

नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङले ओलीको प्रस्तावसहित वरिष्ठ नेता माधवकुमार नेपालसित सिंहदरबारमा छलफल गरेपनि नेपालले त्यसलाई अस्वीकार गर्नुभएको छ ।

सिंहदरबारमा नेता नेपाल, पौडेल र नेम्वाङबीच छलफल भएपनि सहमति हुन सकेन । छलफलपछि नेता नेम्वाङले कुनै सहमति नभएको बताउनुभयो ।

यो छलफलअघि बसेको नेपाल खनाल समूहको स्थायी कमिटीको भर्चुअल बैठकले सामूहिक राजीनामा गर्ने निर्णय गरेको थियो । र, त्यसका लागि सांसदहरुले वरिष्ठ नेता नेपाललाई हस्ताक्षरसमेत बुझाइसकेका छन् ।

अहिले नेपाल खनाल समूहका सांसदहरु सिंहदरबारमा छन् । नाटकीय परिवर्तन नभए उनीहरुले राजिनामा दिनेछन । नेपाल खनाल पक्षमा कम्तीमा ३० जना सांसद छ ।

उनीहरुले राजिनामा दिएमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन सक्नुहुनेछैन र उहाँको सरकार ढल्ने छ । ओली सच्चिन नचाहेकोले अप्रिय निर्णय गर्नु परेको नेपाल खनाल पक्षको तर्क छ ।

नेपाल–खनाल पक्षले पार्टीलाई ०७५ साल जेठ २ को संरचनामा फर्काउनुपर्ने र फागुन २८ गते यताका निर्णय फिर्ता गर्नुपर्नेमा अडान राखेको छ । तर ओलीले त्यसलाई अस्वीकार गर्नुभएको छ ।

प्रतिक्रिया

One thought on “ओली र नेपाल–खनाल समूहको वार्ता निष्कर्षविहीन, ओलीको प्रस्ताव अस्वीकार

  1. निरनय सचेउनै नहुने चेै के रैछ हो केपि बाको चाई
    उदेक लागेर पो आउछ बा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्