Main News

नेपालमा थप ८ हजार ८५० जना संक्रमित थपिए, ८८ जना मृतक थपिए

हिमालय टिभी
२०७८ वैशाख २६ गते १६:३८
नेपालमा थप ८ हजार ८५० जना संक्रमित थपिए, ८८ जना मृतक थपिए

२६ वैशाख २०७८ काठमाडौं । नेपालमा थप ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । थप ८८ जनाको मृत्यु भएको छ ।

यसअघि छुटेकालाई समेत जोडेर स्वास्थ्य मन्त्रालयले ८८ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७ सय ७७ जनामा पोजिटिभ र ५ सय ६ जनाको सीमा नाकामा एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल ८८ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा एकै दिन ४ हजार १ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा गरी ४ हजार १ सय ९८ संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौंका ३ हजार १ सय ६१ छन् । यस्तै, ललितपुरमा ५ सय ३३ र भक्तपुर जिल्लामा ५ सय ४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५२ र छुटेका २६ जना गरेर ८८ जनाको मृत्यु भएको वितरण मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सार्वजनिक गर्नुभएको छ ।

हाल देशका विभिन्न अस्पतालमा ८ सय २ जनाको आइसीयू र २ सय ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभरबाट आज ४ सय २२ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *