Main News

कमिशनमा कुरा नमिल्दा कोरोनाविरुद्धको खोप ल्याउन अवरोध गर्नु मानवताविरोधी अपराधः नेपाल

हिमालय टिभी
२०७८ वैशाख २६ गते १५:०६
कमिशनमा कुरा नमिल्दा कोरोनाविरुद्धको खोप ल्याउन अवरोध गर्नु मानवताविरोधी अपराधः नेपाल

२६ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोनाको भ्याक्सिन खरिदमा कमिशन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्नु मानवताविरोधी कार्य र अपराध भन्दै विरोध गर्नुभएको छ ।

विज्ञप्ति निकालेर वरिष्ठ नेता नेपालले खोप ल्याउन अवरोध गर्नेलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न पनि माग गर्नुभएको छ ।

नेपालले कोरोनाको भ्याक्सिन जस्तो जनताको जीवन रक्षाको कुरालाई निजी नाफा र लुटको व्यापारिक उद्देश्यसहित निजी क्षेत्रलाई दिने कार्य तत्काल बन्द गर्न पनि अनुरोध गर्नुभएको छ ।

कोरोना भ्याक्सिन निशुल्क र सर्वसुलभ बनाउन र त्यस्तो प्रबन्ध गर्ने योजना ल्याउन पनि सरकार माग गर्नुभएको छ ।

कोरोना संक्रमण र मृत्युदरमा भइरहेको वृद्धिले भयावह अवस्थाको प्रष्ट चित्रण गर्छ भन्दै नेपालले यसबाट जनमानसमा आक्रोश बढिरहेको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।

अत्यावश्यक अक्सिजन र अन्य उपकरणको तत्काल व्यवस्था गर्न पनि उहाँले माग गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *