Main News
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
२०७८ वैशाख २६ गते १३:१०
२६ वैशाख २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।
संघीय संसद भवन नयाँ वानेश्वरमा बस्ने तय भएको छ। भोलि बोलाइएको प्रतिनिधि सभा बैठकको तयारीका बारेमा छलफल गर्न कार्य व्यवस्थाको बैठक बोलाइएको हो ।
२६ जना सांसद कोरोना संक्रमित भएकाले प्रतिनिधि सभा बैठकमा कसरी सहभागी गराउने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनेपछि सोमबार प्रतिनिधि सभा बैठक बस्न लागेको छ।
प्रतिक्रिया